दफा ६६६
भूलवश तिरेको ऋण फिर्ता गर्नु पर्नेः

कसैले भूलवश आफू कसैप्रति ऋणी रहेको ठानी कसैलाई तिर्नु नपर्ने कुनै ऋण रकम तिरेकोमा निजले त्यस्तो ऋण तिर्नु नपर्ने कुरा प्रमाणित गरेमा त्यस्तो रकम प्राप्त गर्ने व्यक्तिले निजलाई त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।